२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’, ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ र ‘राहदानी विधेयक, २०७५’ छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पाँच वटै विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको थियो ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्नुभयो । प्रतिनिधिसभाको बैठक आजै एक घण्टापछि बस्ने गरी सभामुख कृष्णबहादुर महराले स्थगित गर्नुभएको छ ।