१७ श्रावण २०८३, आईतवार
,
Latest
गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला हुने



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गर्नुभएको छ ।

आईतवार काठमाडौंमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभयो । पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम शुरु गरिएको बताउनु भयो ।

देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । नेता महरले सुनसरीबाट शुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शिघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

नेता महरकाअनुसार साउन २० गते सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुनेछ । उक्त भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि एवं विभिन्न प्रबुद्ध वर्गसहित करिब दुई हजार जनाको सहभागिता रहने बताइएको छ ।

अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई काँग्रेसलाई जनतासँग जोड्नु रहेको उहाँले प्रस्ट पार्नुभयो । पार्टीको १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समिति जस्ता महत्वपूर्ण निकायहरूमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अभियानले अघि सारेको छ । नेता महरले पार्टी सभापति र पदाधिकारीहरूलाई व्यक्तिगत अहं (इगो) त्यागेर पार्टी मिलाउन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई जीवन्त राख्न आफूहरू केन्द्रिय सदस्यको पद त्याग गर्न समेत तयार रहेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेता रञ्जित कर्ण लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । अभियानले साउन २० को भेलापश्चात देशभर हस्ताक्षर संकलन र अन्य दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । ‘कांँग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको नेता महरले बताउनु भयो