५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो बैठकमा दुई विधेयक स्वीकृत, एक समितिमा



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिनुभएन ।

मन्त्री बस्नेतले नै प्रस्तुत गर्नुभएको ‘वन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो । प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई कार्यान्वयन गर्ने व्यवस्था हुन नसकेको बताउनुभएको थियो ।

मन्त्री बस्नेतले समृद्धिको माध्यम वन हुनुपर्छ भन्ने सोचका साथ विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गर्यो। प्रतिनिधिसभाको अर्को बैठक असोज २ गते बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी स्थगित भएको छ ।