२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो बैठकमा दुई विधेयक स्वीकृत, एक समितिमा



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिनुभएन ।

मन्त्री बस्नेतले नै प्रस्तुत गर्नुभएको ‘वन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो । प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई कार्यान्वयन गर्ने व्यवस्था हुन नसकेको बताउनुभएको थियो ।

मन्त्री बस्नेतले समृद्धिको माध्यम वन हुनुपर्छ भन्ने सोचका साथ विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गर्यो। प्रतिनिधिसभाको अर्को बैठक असोज २ गते बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी स्थगित भएको छ ।




भर्खरै