२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट अभियोगमा कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोप्राइटर विरुद्द मुद्दा



अ+ अ-

काठमाडौं । कपिलवस्तु जिल्ला मायादेवी, गाउंपालिकास्थित कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोप्राइटर गोपाल अग्रहरी नाम गरेका मनिष लोहार विरुद्द कपिलबस्तु जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

राजस्व चुहावट गरेको अभियोगमा उनलाई १ करोड ५२ लाख विगो कायम गरी कपिलबस्तुजिल्ला अदालतमा मुद्दा दायर भएको हो । लोहारले कर्मचारीविक्की भनिने सुनिल कुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको र मालवस्तुलाई भण्डारण तथा भन्सार चोरी निकासी गर्दै गरेको आरोप रहेको छ ।

उनलाई मालवस्तुको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनका अनुसार बमोजिमविगो रकम रु १,३०,३७,५५६। ( अक्षरेपी एक करोड तीस लाख सैतीस हजार पाँच सय छपन्न रुपैया) कायम गरी मुख्य अभियुक्त मानी विगोको दोब्बरसम्म जरीवाना र ३ वर्ष सम्मको कैद सजायको माग गरिएको छ ।

त्यस्तै प्रतिवादीविक्की भनिने सुनिल कुमार गुप्ताले आफ्नो नाममा गोदाम भाडामा लिई मनिष लोहारले गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको कसुरमा सहयोग गरेका हुँदाउनलाई पनि मतियार मानि मुख्य अभियुक्तलाई हुने सजायको सजाय माग दावी लिई कपिलवस्तुजिल्ला अदालतमा गत भाद्र ३१ गते मुद्दा दर्ता गरिएको थियो ।