५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट अभियोगमा कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोप्राइटर विरुद्द मुद्दा



अ+ अ-

काठमाडौं । कपिलवस्तु जिल्ला मायादेवी, गाउंपालिकास्थित कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोप्राइटर गोपाल अग्रहरी नाम गरेका मनिष लोहार विरुद्द कपिलबस्तु जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

राजस्व चुहावट गरेको अभियोगमा उनलाई १ करोड ५२ लाख विगो कायम गरी कपिलबस्तुजिल्ला अदालतमा मुद्दा दायर भएको हो । लोहारले कर्मचारीविक्की भनिने सुनिल कुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको र मालवस्तुलाई भण्डारण तथा भन्सार चोरी निकासी गर्दै गरेको आरोप रहेको छ ।

उनलाई मालवस्तुको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनका अनुसार बमोजिमविगो रकम रु १,३०,३७,५५६। ( अक्षरेपी एक करोड तीस लाख सैतीस हजार पाँच सय छपन्न रुपैया) कायम गरी मुख्य अभियुक्त मानी विगोको दोब्बरसम्म जरीवाना र ३ वर्ष सम्मको कैद सजायको माग गरिएको छ ।

त्यस्तै प्रतिवादीविक्की भनिने सुनिल कुमार गुप्ताले आफ्नो नाममा गोदाम भाडामा लिई मनिष लोहारले गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको कसुरमा सहयोग गरेका हुँदाउनलाई पनि मतियार मानि मुख्य अभियुक्तलाई हुने सजायको सजाय माग दावी लिई कपिलवस्तुजिल्ला अदालतमा गत भाद्र ३१ गते मुद्दा दर्ता गरिएको थियो ।