१६ श्रावण २०८३, शनिबार
,
Latest
गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश यादवका परिवारसँग आठबुँदे सहमति



अ+ अ-

जनकपुरधाम, १६ साउनः गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताउनुभएको छ ।

लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुग्नुभएको थियो ।मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताउनुभयो ।

मृतकका परिवारले राख्नुभएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो । यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले बताउनुभयो ।

गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताउनुभयो ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।


–––