१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आज श्रेष्ठको सानेपास्थित निवास पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष तथा आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा श्रेष्ठले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।

श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले मुलुकले निर्भीक, सत्यको पक्षपाती र निष्ठावान लोकतन्त्रवादी व्यक्तित्व गुमाएको महसुस गरेको बताउनुभएको छ।