१ असार २०८३, सोमबार
,
Latest
खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेज १७ दिनदेखि ठप्प



अ+ अ-

काठमाडौं । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले भने चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता एवं चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द ठकुरीले कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा समेत बस्न नचाहेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ  ।

एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए ।

कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए । समाचार नयाँ पत्रिका दैनिकबाट