३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल

सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

सांसद बरालले वैज्ञानिकहरुको पारिश्रमिक उचित नभएकाकारण नै नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा समेत दरबन्दी भएर पनि जनशक्ति नभएको दुखद अवस्था रहेकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

नार्कमा वरिष्ठ वैज्ञानिकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नसक्दा निमित्त कर्मचारीको भरमा काम गर्नुपर्ने जटिल अवस्था आएको सांसद बरालको भनाई थियो ।

उहाँले भन्नुभयो,‘आज मैले नार्कका साईनटिस्टहरुको अवस्थालाई देखेको छु । मैले सिनियर साइनटिस्टहरुको धेरै ठूलो ग्याप छ । दरबन्दी छ, तर साईनसिष्ट छैनन् । यसको अर्थ के भन्दा साईनटिष्टहरु अहिलेको नेपालको चालु जुन तलव स्केल छ । यसमा त्यो लेवलको जनशक्ति रमेर बस्दैन । अनि हामीले काम चलाउनुपर्ने तल्लो स्तरको कर्मचारीहरुलाई निमित्तमार्फत अथवा अरु ढंगले काम चलाउ गर्नुपर्ने बाध्यकारी अवस्था छ । यसले क्वालिटी डेलिभर गर्न सक्दैन । त्यसो भएको हुनाले हामीले साइनटिष्टहरुको उपयुक्त प्रोजेक्शनको बारेमा ध्यान दिनुपर्दछ ।’

सांसद बरालले वैज्ञानिक खोज, अनुसन्धानका लागि आवश्यक जनशक्तिको व्यवस्थाका लागि विशेष खालको छात्रवृत्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।