४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न

खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको सोमवारको बैठकमा २०८३ अन्तर्गत विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका १२ वटा प्रस्ताव पेश भएका छन् ।

सभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिकसुरक्षा मन्त्रालयको बजेटमाथि समेत छलफल समेत भइरहेको छ ।

यी ९ वटा मन्त्रालयको बजेटमाथिको छलफलमा १२ वटा खर्च कटौतीको प्रश्ताव पेश गरिएका हुन् । बैठकमा नेकपा (एमाले)का सांसद कृपाराम राना र नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती वि.क.ले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनि खर्च कटौतीको प्रस्ताव पेश गर्नुभयो ।

उद्योग मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमको औद्योगिक क्षेत्रलाई छुन नसकेको आरोप लगाउनु भयो । औद्योगिक क्षेत्रसँग सम्बन्धी सिप भएका नागरिकलाई उद्योग सञ्चालनको लागि सहज बनाउनुपर्नेमा सरकारले झनै कडाई गरेको उनीहरूको भनाइ छ । सांसद रानाले उद्योग मन्त्रालयको विविध शीर्षकमा १ खर्बभन्दा बढी रुपैयाँ विनियोजन गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद वि.कले चालु खर्च बढाउनेगरी विभिन्न भत्ता शीर्षक कायम गरिएकाले खर्च कटौतीको प्रश्ताव पेश गरेको संसदमा सुनाउनु भयो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जोगकुमार बाबरिया यादव र नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले ‘कृषि, वन तथा पर्यावरण मन्त्रालयको शीर्षकको शीर्षक रकम घटाई एक रुपैयाँ कायम गरियोस्’ खर्च कटौतीको प्रस्ताव पेश गर्नुभयो ।

खर्च कटौतीको प्रश्ताव पेश गर्दै सांसद यादवले सरकारले ल्याएको बजेटले थोरै आशा जगाएको भएपनि उल्टो तरिकाले ल्याइएको टिप्पणी गर्नुभयो । उहाँले कृषि मन्त्रालयको बजेट कार्यान्वयनयोग्य नहुनुका साथै मध्यम वर्गका किसानलाई सम्बोधन गर्न नसक्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषकहरुले अहिलेसम्म निरन्तर धोका पाइरहेको छ । मुलुको राजनीतिक इतिहासमा धेरै परिवर्तन भएपनि नागरिकको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । त्यही कारण अहिले जनताले दिल खोलेर मत दिएर न्याय खोजिरहेको छ । सरकारले ल्याएको बजेट जनताको हितमा आएको कारण स्वागत गर्दछु, तर जेट सुल्टो तरिकाले आउनुपथ्र्यो तर उल्टो आयो ।’

नेकपा (एमाले)की सांसद नीता घतानीले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो । खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्दै उहाँले सरकारी विज्ञापन वितरणमा समान पहुँच सुनिश्चित नगरे संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको अधिकार कमजोर हुने चेतावनी दिनुभयो ।

उहाँले देशका हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा नपुगेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले सामान्य फोन गर्नसमेत नागरिक डाँडामा चढ्न बाध्यता  अन्त्य भइनसकेको उल्लेख गर्दै दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारी विज्ञापनमा समान पहुँत सुनिश्चित गर्दा मात्रै संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको हक सुरक्षित हुन्छ । मन्त्रालयको अर्को महत्वपूर्ण सुधार दूरसञ्चार र इन्टरनेट सेवाको विस्तार हो । तर आजपनि देशको धेरै हिमाली, पहाडी तथा ग्रामिण भेगका नागरिकसम्म टेलिफोन सेवा र गुणस्तरीय इन्टरनेट सेवा पुग्न सकेको छैन ।  कतिपय नागरिकले सामान्य फोन गर्दा समेत डाँडामा चढ्नुपर्ने अवस्था छ । सरकारले यसको जवाफ दिनुपर्छ । पछिल्लो समय डिजिटल सुरक्षा राष्ट्रिय सुरक्षासँग जोडिएको छ । तर पछिल्लो समय साइबर अपराध, ठगी र सामाजिक सञ्जालबाट हुने ठगीका घटनाहरु तिव्र रुपमा बढीरहेका छन् ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  शीर्षकमा खर्च रकम घटाई एकसय घटाइयोस्’ भनि खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुभयो । उहाँले मन्त्रालयको बजेटमा संस्कृतिका सबै अंगहरु समेटेर आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनु भयो । मन्त्रालयको विनियोजित शिर्षकको बजेट समान रुपमा वितरण नगरिएको कारण आफूले खर्च कटौतीको प्रश्ताव पेश गरेको उहाँको भनाइ छ ।

सांसदहरु अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ र रमेश कुमार मल्लले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनि खर्च कटौतीको प्रश्ताव पेश गर्नुभयो । खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्दै सांसद अर्जुनकुमार कार्कीले नेपालको शिक्षा प्रणली प्रमाणपत्र केन्द्रित नभई व्यवसायिक र उद्यममा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका विश्वविद्यालयहरुमा सुशासन, शैक्षिक पारदर्शिता कायम गर्दै नवप्रवर्तन र ज्ञान उत्पादनको केन्द्र बनाउन बजेट आवश्यक रहेको बताउनु भयो ।

सांसदहरु साजिदा खातुन सिद्धिकीले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छ मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिकसुरक्षा मन्त्रालयको शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो ।

उहाँले खर्च कटौतीको प्रश्ताव पेश गर्दै सांसद सिद्धिकीले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पर्याप्त बजेट विनियोजन नगरेको कारण खर्च कटौतीको प्रश्ताव पेश गरेको बताउनु भयो । उहाँले गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हक र गुणस्तरीय सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनु भयो ।

उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा समेत पर्याप्त मा त्रामा बजेट विनियोजन नगरेको कारण उक्त मन्त्रालयको शीर्षकको रकम घटाउनुपर्ने आफ्नो प्रश्ताव रहेको बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

नेकपा (एमाले)की सांसद एशुदा कुमारी बरालले ‘विनियोजन विधेयक, २०८३ अन्तर्गत भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । खर्च खटौतीको प्रश्ताव प्रश्तुत गर्दै उहाँले सीमा नाकाको विवाद व्यवस्थापन गरिनुपर्ने, भूमिसम्बन्धी समस्या समाधान गरिनुपर्ने, भूमिहीन सुकुम्बासीलाई तत्काल भूमि उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

विपक्षी दलका सांसदहरू र कहिलेकहीँ सत्तापक्षकै असन्तुष्ट सांसदहरूले समेत विभिन्न मन्त्रालयको खर्च शीर्षकमा एक रुपैयाँ मात्रै कायम गर्न प्रश्ताव दर्ता गराउँछन् । त्यस्तै ‘शिर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस्’ भनी प्रश्तुत गरिएको प्रश्तावलाई नेपाल सरकारको जवाफदेहिताभित्रको विषयमा प्रश्तावक सदस्यलाई चित्त नबुझेको विषय प्रकट गर्न प्रस्तुत गरिएको सांकेतिक कटौतीका प्रस्ताव मानिन्छ ।