३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण 

परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण 
अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले बीआरआई वा अन्य कुनै पनि द्विपक्षीय समझदारीमार्फत सहकार्य गर्न नेपाल खुला रहेको तर त्यसका लागि दुवै पक्षले स्वीकार गर्ने वित्तीय मोडालिटी आवश्यक हुने बताउनु भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको  स्वागत समारोह मन्त्री खनालले भन्नुभयो परियोजनाले दीर्घकालीन आर्थिक प्रतिफल दिन सक्ने, कार्यान्वयनयोग्य र पारस्परिक रूपमा सहमत हुनुपर्नेछ । उहाँले भन्नुभयो  “बीआरआई सहकार्य अन्तर्गत अघि बढ्ने परियोजनामा वित्तीय मोडालिटी, आर्थिक प्रतिफल र आपसी सहमतिलाई मुख्य आधार बनाइने छ । ”

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको र सन् २०२४ मा समझदारी तथा फ्रेमवर्क तहका सहमति भएको उल्लेख गर्दै उहाले भन्नुभयो “अब परियोजना छनोट र कार्यान्वयनमा व्यावहारिक पक्षमा केन्द्रित हुनु पर्दछ । ”

परराष्ट्रमन्त्री खनालले चीन भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीसँग यिनै विषयमा छलफल हुने संकेत गर्दै नेपालको आवश्यकता, परियोजनाको प्रतिफल र कार्यान्वयन ढाँचालाई प्राथमिकतामा राखिने बताउनु भयो  ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको हो  ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।