११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ



अ+ अ-

काठमाडाैँ । ललितपुर महानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘एलएमसी ई–चलान’ (डिजिटल जरिवाना व्यवस्थापन प्रणाली) कार्यान्वयनमा ल्याएको छ ।

सोमवार आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबु महर्जनले उक्त प्रणालीको औपचारिक उद्घाटन गर्नुभएको हो । यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने वा जथाभाबी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ ।

यसअघि जरिवाना भुक्तानीका लागि पुल्चोकस्थित नगर प्रहरीको कार्यालय पुग्नुपर्ने बाध्यताका कारण सेवाग्राहीको निकै समय खर्च हुने गरेको थियो । अब भने उल्लंघनकर्ताले घटनास्थलमै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइटपछि यो अर्को महत्वपूर्ण कदम भएको बताउनु भयो ।

थ्री लिफ टेक्नोलोजीको प्राविधिक सहयोगमा विकास गरिएको यस प्रणालीलाई कानूनी, प्रशासनिक र राजस्व संकलनका दृष्टिकोणले परीक्षण गरेपछि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको हो । महानगरकाअनुसार यो प्रणाली सोमवारदेखि नै लागू भइसकेको छ ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा शुरु गरिएको यो प्रविधिले जरिवाना तिर्ने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने विश्वास लिइएको छ । महानगरले आगामी दिनमा अन्य सेवाहरूलाई पनि क्रमशः डिजिटल बनाउँदै लैजाने योजना रहेको जानकारी दिएको छ ।