१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेज १७ दिनदेखि ठप्प



अ+ अ-

काठमाडौं । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले भने चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता एवं चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द ठकुरीले कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा समेत बस्न नचाहेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ  ।

एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए ।

कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए । समाचार नयाँ पत्रिका दैनिकबाट