८ भाद्र २०८३, सोमबार
,
Latest
भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ?



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसङ्ग उल्लेख गर्दै, आज नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गर्नुभयो ।

नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको उल्लेख गर्दै उहाँले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताउनु भयो । थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनैपनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताउनु भयो । नेपाली समाजको मुख्य शक्ति नै सद्भाव र सहअस्तित्व रहेको चर्चा गर्दै उहाँले कसैको उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नभई सामाजिक एकता र भाइचारा कायम राख्न सम्पूर्णमा अपिल गर्नुभयो ।

प्रमुख सचेतक थापाले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ ।