१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी चलाउँदा पैसा तिर्नुपर्ने, कुन सवारीले कति ?



अ+ अ-

जनकपुर । बिपी राजमार्गमा सवारी चलाउँदा दस्तुर तिर्नुपर्ने भएको छ। असोज १ गतेदेखि लागू हुनेगरी सडक दस्तुर उठाउने निर्णय गरेको हो।

धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन ले १२५, हलुका सवारी साधनले ५० रुपैयाँ, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै खुर्कोट-सिन्धुली-बर्दिवास सडक खण्डमा भारी सवारी साधन ले ११५, हलुका सवारी साधनले ४५, तीनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नुपर्नेछ।

बिपी राजमार्गमा पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो। यसबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ।