५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको छ : मन्त्री भट्टराई



अ+ अ-

काठमाडाैंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने तयारीसाथ कामलाई तीव्रता दिइरहेको बताएका छन् ।मन्त्रालयको कार्ययोजनाका सन्दर्भमा शुक्रबार पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्री भट्टराईले गत वर्ष नेपालमा १२ लाख पयर्टक आएको बताए ।

भ्रमण वर्षमा थप ८ लाख पर्यटक भित्र्याउन सरकारले तयारी गरिरहेको जानकारी दिए । ‘गत साल १२ लाख पर्यटकको आगमन भएकाले सबैको प्रयासबाट थप ८ लाख पर्यटक भित्र्याउने काम सम्भव छ,’ भट्टराईले भने, ‘राष्ट्रिय हितमा नकारात्मक प्रचार गर्ने होइन, नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिएर काम गर्ने हो भने योजना पूरा हुन्छ ।’ 

नेपाल भ्रमणका लागि अमेरिका, चीन, श्रीलंका, कोरिया, जापान, म्यान्मारसहित १० मुलुकलाई मुख्य बजारका रूपमा पहिचान गरेर सरकारले पर्यटन प्रवद्र्धन गरिरहेको उनले बताए । उक्त लक्ष्य पूरा गर्न हरेक दिन मन्त्रालयमा नियमित ‘फलोअप मिटिङ’ भइरहेको पनि उनको भनाइ छ । भ्रमण वर्ष उद्घाटन विदेशस्थित नेपाली दूतावासमा सम्बन्धित देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री वा उच्चस्तरीय सरकारी अधिकारीको उपस्थितिमा गरिने तयारी सरकारको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने  निर्णयलाई गलत ढंगले प्रचार गरिएको भन्दै भट्टराईले दुःख व्यक्त गरे । नयाँपत्रिका दैनिकमा खबर छ ।