२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको छ : मन्त्री भट्टराई



अ+ अ-

काठमाडाैंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने तयारीसाथ कामलाई तीव्रता दिइरहेको बताएका छन् ।मन्त्रालयको कार्ययोजनाका सन्दर्भमा शुक्रबार पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्री भट्टराईले गत वर्ष नेपालमा १२ लाख पयर्टक आएको बताए ।

भ्रमण वर्षमा थप ८ लाख पर्यटक भित्र्याउन सरकारले तयारी गरिरहेको जानकारी दिए । ‘गत साल १२ लाख पर्यटकको आगमन भएकाले सबैको प्रयासबाट थप ८ लाख पर्यटक भित्र्याउने काम सम्भव छ,’ भट्टराईले भने, ‘राष्ट्रिय हितमा नकारात्मक प्रचार गर्ने होइन, नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिएर काम गर्ने हो भने योजना पूरा हुन्छ ।’ 

नेपाल भ्रमणका लागि अमेरिका, चीन, श्रीलंका, कोरिया, जापान, म्यान्मारसहित १० मुलुकलाई मुख्य बजारका रूपमा पहिचान गरेर सरकारले पर्यटन प्रवद्र्धन गरिरहेको उनले बताए । उक्त लक्ष्य पूरा गर्न हरेक दिन मन्त्रालयमा नियमित ‘फलोअप मिटिङ’ भइरहेको पनि उनको भनाइ छ । भ्रमण वर्ष उद्घाटन विदेशस्थित नेपाली दूतावासमा सम्बन्धित देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री वा उच्चस्तरीय सरकारी अधिकारीको उपस्थितिमा गरिने तयारी सरकारको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने  निर्णयलाई गलत ढंगले प्रचार गरिएको भन्दै भट्टराईले दुःख व्यक्त गरे । नयाँपत्रिका दैनिकमा खबर छ ।