५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा दुई दिन बिराएर खानेपानी



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाकामा दुई दिन बिराएर पानी वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उहाँले सेवाग्राहीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ ।”

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ । महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ ।