२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा दुई दिन बिराएर खानेपानी



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाकामा दुई दिन बिराएर पानी वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उहाँले सेवाग्राहीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ ।”

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ । महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ ।