२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ



अ+ अ-

झापा। सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्ने उद्देश्यले झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु आफ्ना तीन जना साथीसहित हेमरमको घर पुगेका थिए ।

मुर्मुसँगै १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकार खुकुरी र छुरी बोकेर हेमरमको घरमा पुगेर घर घेरा हाल्दै ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर विष्टको नेतृत्वमा तथा प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर खुकुरी र छुरीसहित चारै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुरेश हेमरम र आकाश मुर्मुबीच फोनमा भएको सामान्य विवादकै कारण मुर्मुले साथीहरुलाई साथमा लिएर हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको खुलेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । रासस