२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताउनुभएको छ ।

सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको दाबी गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’

उहाँले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गर्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’

यद्यपि, वार्ताबाट निश्चित समाधान निस्कनेमा भने उहाँले पूर्ण विश्वास व्यक्त गर्नुभएन । ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकार र अधिकारीहरूसँग इरानसँगको द्वन्द्वका विषयमा छलफल गरेलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो ।

सिएनएनको रिपोर्टअनुसार ट्रम्पले इरान विरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गर्नुभएको थियो । पछिल्लो समय इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।

नेपथ्यमा भइरहेका यी वार्ताहरूले कूटनीतिक प्रयासलाई पुनर्जीवित गर्छन् वा अमेरिकाले सैन्य आक्रमणलाई थप तिब्र बनाउँछ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल