१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
फाइल फोटो
अ अ+ अ-

दाङ।  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा पर्यटकले निःशुल्क आँखा उपचार सेवा पाउने भएका हुन् ।

साप्ताहिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गरिएको छ । सो अवसरमा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले राप्ती शान्ति उद्यानमा विशेषगरी शनिबार आउने पर्यटकका लागि आँखा उपचार सेवा प्रवाह गर्न पहिलोपटक साप्ताहिक रूपमा साझेदारीमा आँखा उपचार सेवा सुरु गरेको बताउनुभयो ।

अध्यक्ष गिरीले आँखा उपचार केन्द्रमा आउने बिरामीको निःशुल्क आँखा जाँच गरिनुका साथै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी फेलापरेमा अस्पतालले ५० प्रतिशत छुटमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

उद्यान समितिका अध्यक्ष सुधीर केसीले पर्यटकले पार्क अवलोकनसँगै निःशुल्क आँखा जाँच गराउने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले शनिबार उद्यानमा तीन हजार बढी पर्यटक आउने गरेको जानकारी दिनुभयो ।

उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्रबाट अब प्रत्येक शनिबार बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म आँखा जाँच सेवा सञ्चालन ग्रिने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो । रासस