२२ भाद्र २०८३, सोमबार
,
Latest
‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद



अ+ अ-

सुदूरपश्चिम। कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो । उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन् ।

धनगढी–१ बङ्ग्राकाटान क्षेत्रमा अर्को प्रहरी टोलीले रु २४ हजार ५०० बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । त्यहाँबाट गुट्खा नौ प्याकेट, कफी तीन प्याकेट, मसला पाँच प्याकेट, सुपर पावर सूर्ति ४७ प्याकेट, दुना–टपरीका प्लास्टिक ४०० दर्जन र चिनी २० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रासस