२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ



अ+ अ-

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो ।

आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँ तल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको रु सात लाख ५० हजार रकम बरामद भएको छ ।

खानतलासीको क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगदसमेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्न प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको भन्ने उजुरीका आधारमा छापा मारिएको उहाँको भनाइ छ ।

पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।  रासस