• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एक सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित



वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पुर्याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताउनुभयो ।

“गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत ७२० मिटर लामो पाइपबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी तानेर खसालिएको छ” समितिका अध्यक्ष खनालले भन्नुभयो, “गाउँभन्दामाथि एक लाख लिटर क्षमताको मुुख्य ट्याङ्कीमा पानी जम्मा गरेर ३५ वटा च्याम्बरमार्फत १३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।”

खानेपानी आयोजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड २९ लाख, गल्याङ नगरपालिकाबाट रु १८ लाख र स्थानीयवासीको जनसहभागिता रु २० लाख ९१ हजार गरी कूल रु दुई करोड ६७ लाख ९१ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको अध्यक्ष खनालले बताउनुभयो ।

विसं २०७४ चैतबाट शुरु भएको आयोजना २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई हिजो सोमबारबाट सञ्चालनमा आएको हो । “यहाँ खानेपानी तथा बस्तुभाउका लागि पानीको निक्कै समस्या थियो”, अध्यक्ष खनालले भन्नुभयो, “बिहानको समय पिउने पानी तथा बस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्ट्याउने स्थानीयवासीका लागि अब पिठँयूमा पानी बोक्नुपर्ने समस्या टरेर गएको छ भने फुर्सदको समयलाई अन्य उत्पादनमूलक कार्यका लागि खर्चिने भएका छन् ।”