२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता उठाउँदै नागरिक उड्डयन प्राधिकरण



अ+ अ-

काठानडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले आज सूचना निकालेर ३० दिनभित्र उक्त रकम र नियमानुसार विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको हो । प्राधिकरणलाई बक्यौता रकम बुझाउनुपर्ने १९५ कम्पनी, सरकारी कार्यालय, फर्म तथा व्यक्ति रहेका छन् । लामो समयदेखिको बक्यौता बुझाउन र विलम्ब शुल्क लाग्ने भए सोसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नु सूचनामा भनिएको छ ।

तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन् ।

यही असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताउनुभएको थियो ।

प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी, सरकारी निकाय तथा व्यक्तिबाट पुरानो र नयाँ गरी करीब रु दुई अर्ब बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । गत असार मसान्तसम्म रु दुई अर्ब बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको रु ५४ करोड, एयर एशियाको रु २२ करोड रहेको छ ।

त्यस्तै, युनिभर्सल सप्लाई एजेन्सीको रु आठ करोड ७२ लाख, रसुवा केडीजेभीको रु पाँच करोड ६२ लाख, नेकोन एयरको रु चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको रु एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको रु एक करोड १५ लाखलगायत रहेको छ ।