१४ आश्विन २०८१, सोमबार
,
Latest
विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता उठाउँदै नागरिक उड्डयन प्राधिकरण



अ+ अ-

काठानडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले आज सूचना निकालेर ३० दिनभित्र उक्त रकम र नियमानुसार विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको हो । प्राधिकरणलाई बक्यौता रकम बुझाउनुपर्ने १९५ कम्पनी, सरकारी कार्यालय, फर्म तथा व्यक्ति रहेका छन् । लामो समयदेखिको बक्यौता बुझाउन र विलम्ब शुल्क लाग्ने भए सोसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नु सूचनामा भनिएको छ ।

तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन् ।

यही असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताउनुभएको थियो ।

प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी, सरकारी निकाय तथा व्यक्तिबाट पुरानो र नयाँ गरी करीब रु दुई अर्ब बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । गत असार मसान्तसम्म रु दुई अर्ब बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको रु ५४ करोड, एयर एशियाको रु २२ करोड रहेको छ ।

त्यस्तै, युनिभर्सल सप्लाई एजेन्सीको रु आठ करोड ७२ लाख, रसुवा केडीजेभीको रु पाँच करोड ६२ लाख, नेकोन एयरको रु चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको रु एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको रु एक करोड १५ लाखलगायत रहेको छ ।