१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
अ अ+ अ-

काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ ।

सोमवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिनुभएको हो ।

केन्द्रिय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ । आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताउनु भयो । उहाँकाअनुसार समितिले रोशी खोलामा ९विपी राजमार्ग०मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरुलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ ।

उहाँले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको बताउनु भयो । उहाँले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको बताउनु भयो । उहाँले अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराउनु भयो । विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल गरेर त्यसको समीक्षा गरेका छौँ । अहिलेसम्म हवाई उद्धारबाट २५८ जनाको उद्धार गरिएको छ । आज हाम्रो मुलत: काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको छ । रोशी खोलामा ९विपी राजमार्ग०मा अलपत्र परेका यात्रुहरु घाइते, बिरामीहरु हुनुहुन्थ्यो उहाँहरुको उद्धार आजसम्म सबै घाइते, बिरामी र अशक्तहरुलाई धुलिखेल ल्याइसक्ने गरी काम भइरहेको छ । अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय गरेको छ ।

आवागमन सहज बनाउन आजैबाट पृथ्वी राजमार्गमा मुल हाम्रो काठमाडौं उपत्यकाको मुल लाइफलाइन पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको छ । अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको छ । विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरेका छौँ । भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी विभिन्न प्रयासहरु समन्वयात्मक रुपमा काम गरेर अवरुद्ध हटाउने । बनेपा सिन्धुली खण्डमा जुन यात्रुहरु घाइते र अलपत्र हुनुहुन्थ्यो त्यहाँ मेडिकल टिम पठाएर स्वास्थ्य परीक्षण भएको छ भने अलपत्र परेका व्यक्तिलाई खाद्यान्न पठाएर वितरण गरिएको छ ।’

उहाँले भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी समन्वयात्मक रुपमा प्रयासहरु गरिरहेको बताउनु भयो । बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरु अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरुको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको बताउनु भयो ।