३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
अ+ अ-

काठमाडौं – नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य रु १९,९९० राखिएको छ।

सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० mAh ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, “स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ।” टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, “टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।”

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।

टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ। “स्टप एट नथिङ” नाराका साथ, टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अगाडि बढ्ने वाचा गरेको छ।