१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार



अ+ अ-

एजेन्सी । यस वर्षको दादासाहेब फाल्के अवार्ड बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यो घोषणा गरेका हुन् । मिथुनलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने छ ।

मिथुनले सन् १९७६ मा मृगयाबाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले पहिलो फिल्ममा नै राष्ट्रिय पुरस्कार जितेका थिए । उनी सन् १९८२ मा डिस्को डान्सरबाट चर्चामा आएका थिए ।

उनले अहिलेसम्म ३५० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले तीन पटक राष्ट्रिय पुरस्कार पाएका छन् । उनलाई जनवरी २०२४ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

मिथुन चक्रवर्तीको जन्म १६ जुन १९५० मा कोलकातामा भएको थियो । उनको वास्तविक नाम गौराङ चक्रवर्ती हो । मिथुनले रसायनशास्त्रमा स्नातक गरेका छन् ।