१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिनुभयो । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहनुभएका गोपाल कटुवालले दसैँका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताउनुभयो । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उहाँले सुनाउनुभयो । रासस