८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ



अ+ अ-

काठमाडौँ। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) काअनुसार विगत ४८ घण्टामा सुराब र मस्तुङ जिल्लामा गरिएका विभिन्न सैन्य कारबाहीका क्रममा ती लडाकुहरू मारिएका हुन् ।

गुप्तचरी सूचनाका आधारमा गरिएको उक्त संयुक्त कारबाहीका क्रममा सुराब जिल्लामा सात जना र मस्तुङ जिल्लामा तीन जना लडाकु मारिएको सेनाले जनाएको छ ।

मस्तुङमा भएको कारबाहीका क्रममा सुरक्षा बलले दुई जना महिला आत्मघाती आक्रमणकारी र एक जना सहयोगीलाई समेत नियन्त्रणमा लिएको छ ।

सेनाले मारिएका लडाकुहरूको कब्जाबाट उल्लेख्य मात्रामा हतियार, गोलाबारुद र घरेलु विस्फोटक उपकरण (आईईडी) बरामद गरिएको जानकारी दिएको छ ।

सो क्षेत्रमा लुकेर बसेका अन्य सम्भावित लडाकुहरूको खोजी र पूर्ण सुरक्षा सुनिश्चित गर्न हाल ‘स्यानिटाइजेसन’ अभियान जारी रहेको आईएसपीआरले जनाएको छ ।

बलुचिस्तानमा सक्रिय सशस्त्र समूहहरूविरुद्ध सेनाले पछिल्लो समय आफ्नो कारबाहीलाई तिब्र पारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल