२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ



अ+ अ-

काठमाडौँ। बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो ।

दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए ।

अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । रासस