७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल इन्टरनेट स्पीडमा भारतभन्दा नेपाल अगाडि



अ+ अ-

काठमाडौं । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा छ ।

यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।

रिपोर्टअनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सूचीमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ ।

दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।

श्रीलंका सूचीको ८३औं स्थानमा छ भने पाकिस्तान ११८ औं स्थानमा छ । त्यस्तै नेपाल पनि भारतभन्दा अगाडि छ । १०.७८ एमबीपीएस रहेको नेपाल सूचीको १३० औं स्थानमा छ ।

अमेरिका शीर्ष १० बाहिर
विश्व महाशक्ति राष्ट्र अमेरिका यस रिपोर्टको शीर्ष दशमा सामेल हुन सकेन । अमेरिकामा इन्टरनेटको औसत स्पीड ३६।२३ एमबीपीएस छ । उक्त स्पीडमा अमेरिका सूचीको ३५औं स्थानमा छ ।

शीर्ष स्थानमा रहेको दक्षिण कोरियापछि दोस्रो स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियामा इन्टरनेटको औसत स्पीड ६६.४५ एमबीपीएस रहेको छ ।

त्यस्तै सो सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः कतार, नर्वे र यूएई रहेका छन् ।




भर्खरै