१४ आश्विन २०८१, सोमबार
,
Latest
बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल इन्टरनेट स्पीडमा भारतभन्दा नेपाल अगाडि



अ+ अ-

काठमाडौं । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा छ ।

यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।

रिपोर्टअनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सूचीमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ ।

दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।

श्रीलंका सूचीको ८३औं स्थानमा छ भने पाकिस्तान ११८ औं स्थानमा छ । त्यस्तै नेपाल पनि भारतभन्दा अगाडि छ । १०.७८ एमबीपीएस रहेको नेपाल सूचीको १३० औं स्थानमा छ ।

अमेरिका शीर्ष १० बाहिर
विश्व महाशक्ति राष्ट्र अमेरिका यस रिपोर्टको शीर्ष दशमा सामेल हुन सकेन । अमेरिकामा इन्टरनेटको औसत स्पीड ३६।२३ एमबीपीएस छ । उक्त स्पीडमा अमेरिका सूचीको ३५औं स्थानमा छ ।

शीर्ष स्थानमा रहेको दक्षिण कोरियापछि दोस्रो स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियामा इन्टरनेटको औसत स्पीड ६६.४५ एमबीपीएस रहेको छ ।

त्यस्तै सो सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः कतार, नर्वे र यूएई रहेका छन् ।