२५ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरीले काठमाडौंबाट पेस्तोल र ६ राउन्ड गोलीसहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलबाट ४ जनालाई बुधबार विहान साढे ११ बजे महानगरीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले एउटा पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित म्यागजिन बरामद गरेको छ ।