२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता



अ+ अ-

झापा। झापाको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।

नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।

सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो ।

तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ । रासस