२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ला ठाउँमा दिसा गरेको भन्दै दुई दलित बच्चाहरुको निर्मम तरिकाले गरियो हत्या



अ+ अ-

काठमाडौं । अहिले नेपाली समाजमा छुवाछुतजस्तो रुडीवादी सोच कतिपय ठाउँमा कायमै रहेको छ । यो बीचमा छिमेकी मुलुक भारतबाट आएको एक खबरले तपाइको होस उडाउनेछ । भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको केही व्यतिहरुले निर्मम तरिकाले हत्या गरेका छन् ।

घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए । भारतीय प्रहरीका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर पिटेका थिए ।

प्रहरीका अनुसार दुई अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । घटनापछि तनावका कारण क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे ।

उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’ घटनापछि पुलिसले दुई बच्चाको लाशलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।