१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार मन्त्री बाँस्कोटाले के भने यस्तो ? किन दिए पत्रकारलाई चुनौती ?



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ‘१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका हुन् ।

उनले आफूले भ्रष्टाचार गरेको विषयमा छानबिन गर्न बाहिरी शक्ति ल्याउन पनि चुनौती दिए। ‘यहाँबाट चल्दैन भने कोको ल्याउन सक्नुहुन्छ रु ल्याएर छानबिन गरे हुन्छ, म यस्ता गलत तरिकाका विषयमा विश्वास गर्दिँन’, उनले भने, ‘म हच्किनुपर्ने कुनै कारण छैन। केही छ भने ल्याउनुहोस्, म जवाफ दिनसक्छु।’

सी विचारधारामाथि भएको छलफललाई अनावश्यक प्रचार गरिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन् ।