२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार मन्त्री बाँस्कोटाले के भने यस्तो ? किन दिए पत्रकारलाई चुनौती ?



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ‘१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका हुन् ।

उनले आफूले भ्रष्टाचार गरेको विषयमा छानबिन गर्न बाहिरी शक्ति ल्याउन पनि चुनौती दिए। ‘यहाँबाट चल्दैन भने कोको ल्याउन सक्नुहुन्छ रु ल्याएर छानबिन गरे हुन्छ, म यस्ता गलत तरिकाका विषयमा विश्वास गर्दिँन’, उनले भने, ‘म हच्किनुपर्ने कुनै कारण छैन। केही छ भने ल्याउनुहोस्, म जवाफ दिनसक्छु।’

सी विचारधारामाथि भएको छलफललाई अनावश्यक प्रचार गरिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन् ।