१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो



अ+ अ-

चितवन। चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।