१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सबाट विदेशी लगानी फिर्ता हुँदै



अ+ अ-

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सबाट चिनियाँ लगानी फिर्ता हुने भएको छ। नेपालको यति वर्ल्डसँगको सहकार्यमा खुलेको हिमालयमा चीनको तीब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ।

सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एयरलाइन्सले काठमाडौंबाट युयईको दुबई र आबुधावी, कतारको दोहा, साउदीको दमाम, मलेसिसयाको क्वालालम्पुर र बंगलादेशको ढाकामा उडान गरिरहेको छ। १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाज भएको एयराइन्सले एउटा जहाज भने भाडामा दिएको छ।

चिनियाँ लगानी भएकै कारण भारतले उडान अनुमति दिन आनाकानी गर्दै आएको थियो। कागजी रुपमा नेपाली साझेदार भएपछि बहुमत स्वामित्व चिनियाँ पक्षको भएको भन्दै भारतीय अधिकारीहरुले हिमालयलाई नयाँ दिल्ली उडान अनुमति दिएका थिएनन्।