२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सबाट विदेशी लगानी फिर्ता हुँदै



अ+ अ-

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सबाट चिनियाँ लगानी फिर्ता हुने भएको छ। नेपालको यति वर्ल्डसँगको सहकार्यमा खुलेको हिमालयमा चीनको तीब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ।

सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एयरलाइन्सले काठमाडौंबाट युयईको दुबई र आबुधावी, कतारको दोहा, साउदीको दमाम, मलेसिसयाको क्वालालम्पुर र बंगलादेशको ढाकामा उडान गरिरहेको छ। १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाज भएको एयराइन्सले एउटा जहाज भने भाडामा दिएको छ।

चिनियाँ लगानी भएकै कारण भारतले उडान अनुमति दिन आनाकानी गर्दै आएको थियो। कागजी रुपमा नेपाली साझेदार भएपछि बहुमत स्वामित्व चिनियाँ पक्षको भएको भन्दै भारतीय अधिकारीहरुले हिमालयलाई नयाँ दिल्ली उडान अनुमति दिएका थिएनन्।