१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई



अ+ अ-

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएकाले विसं २०८३ को साउन १ गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो ।

उक्त कानुनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो । यो नयाँ कानुनी व्यवस्था कार्यान्वयन हुने भएपछि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अबदेखि समकक्षताका लागि नयाँ आवेदन लिने कार्य बन्द गरिएको पनि सूचित गरेको छ ।