१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई सावधानी अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्यबाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ ।

केन्द्रले देशभर यससाता मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ । अधिकृत सञ्जीव पण्डितका अनुसार एक लाख किसानलाई मोबाइल एसएमएसबाट मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने सन्दर्भमा सावधानी अपनाउनबारे सन्देश प्रवाह गरिएको छ ।

केन्द्रले आफ्ना अन्नबाली र तरकारीमा क्षति हुन नदिन भल र भेलको पानी निकासको उचित व्यवस्था मिलाउनसमेत किसान आग्रह गरेको छ ।

मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लाष्टिक घर, पशुपन्छीका गोठ–खोर वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्न आग्रह गरेको केन्द्रले वर्षात्को समयमा गाईभैँसीमा रोग देखापरेमा यथाशक्य छिटो पशुसेवा कार्यालयबाट त्यससम्बन्धी सेवा लिन सल्लाह दिएको छ ।