९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव

प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

मधेस प्रदेशसभामा प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री यादवले पछिल्लो समय नागरिकमा मानसिक समस्या बढ्दा आत्महत्या र आत्मदाहजस्ता घटना हुने गरेकाले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताउनुभयो । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको परिवारलाई राहत उपलब्ध गराइने घोषणा गर्दै मुख्यमन्त्री यादवले मङ्गलबार राति आत्मदाहको प्रयास गरेका रौतहटको गरुडा नगरपालिका–९ का २८ वर्षीय गौतमकुमार सहनीको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । यसैगरी मुख्यमन्त्री यादवले मधेस प्रदेशमा अहिले करिब १० हजार मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी प्रदेशलाई धान र चामलमा आत्मनिर्भर बनाउन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सप्तरी र सिरहामा आँप खेती, सर्लाहीमा गोलभेँडाखेती तथा रौतहत र बारामा केरा खेतीलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । मधेस प्रदेशमा दुई बाली धान र एक बाली खेतीलाई जोड दिएको बताउनुहुँदै मुख्यमन्त्री यादवले बढ्दो फजुल खर्च कटौती गर्न प्रदेश सरकारले हालका १२ मन्त्रालयलाई घटाएर नौ बनाउने र प्रदेश सरकारअन्तर्गत निकाय तथा कार्यालयलाई समायोजन गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई सरकारले आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।