९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति
अ अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभा नियमावली उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र सत्तापक्षीय नेताहरूबाटै संसदीय मर्यादाको उपहास भएको टिप्पणी गर्नुभयो । सांसद संग्रौलाकाअनुसार मंगलवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री साह र सत्तारुढ र दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नियमावलीको बर्खिलाप हुनेगरी सभाभित्र आवतजावत गर्नुभएको थियो ।

प्रतिनिधि सभा नियमावलीको नियम २० मा कुनैपनि सदस्यले बोलिरहेको समयमा सभामुख र ती सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ । उहाँले प्रधानमन्त्रीले विगतमा सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति पनि आलोचना गर्नुभयो । गत जेठ १७ गते सदनमा व्यक्त गरिएको सो अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको दाबी गर्दै उहाँले सो कुरा नसच्याइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउनु भयो ।

दलित समुदायका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दुःखद् घटनाको चर्चा गर्दै उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो । सरकारले आफूलाई ‘एक्सप्रेस वे’ मा हिँडेको दाबी गरे पनि त्यसको नकारात्मक असर र दुर्घटनाको मारमा सर्वसाधारण परिरहेको उहाँको तर्क थियो ।

सांसद संग्रौलाले विधिको शासन नै लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै उहाँले सरकारलाई जिम्मेवार र नियमसंगत प्रश्तुत हुन आग्रह गर्नुभयो ।