• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित



डडेल्धुरा । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानीको उपभोग गर्न पाएका छ । जिल्लाको २८ हजार ४३४ घरधुरीमध्ये १९ हजार ६६९ घरधुरी मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा २६ प्रतिशत घरधुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले जनाएको छ । आगामी पाँच वर्षभित्र जिल्लालाई पूर्णरूपले आधारभूत खानेपानी पु¥याउने अभियानमा रहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले बताउनुभयो ।