१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित



अ+ अ-

डडेल्धुरा । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानीको उपभोग गर्न पाएका छ । जिल्लाको २८ हजार ४३४ घरधुरीमध्ये १९ हजार ६६९ घरधुरी मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा २६ प्रतिशत घरधुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले जनाएको छ । आगामी पाँच वर्षभित्र जिल्लालाई पूर्णरूपले आधारभूत खानेपानी पु¥याउने अभियानमा रहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले बताउनुभयो ।