३० असार २०८३, मंगलवार
,
Latest
सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज : सर्वोच्चको फैसलालाई पत्रकार महासंघको स्वागत अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग



रवि लामिछाने/ फाइल
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौंका विभिन्न सञ्चार प्रतिष्ठान अगाडि सोमबार गरिएका शङ्कास्पद सवारी पार्किङको घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनाप्रति पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गरे। उनले यस्ता गतिविधि अस्वाभाविक रहेको भन्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताए।

‘यो गलत हो भनेर पार्टीले सुरुदेखि नै स्पष्ट धारणा राखेको छ। घटनाको छानबिन हुनुपर्छ भन्ने हाम्रो माग पनि हो,’ लामिछानेले भने, ‘यो घटनालाई हेर्ने हाम्रो दृष्टिकोण स्पष्ट छ। तर देखिएको प्रवृत्ति अस्वाभाविक छ।’

लामिछानेले घटनामा रास्वपाका कुनै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानुन र पार्टीको विधानअनुसार कारबाही गरिने स्पष्ट पारे।

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा सुकुम्बासी समस्या लगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए।




भर्खरै