१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजानुपर्दछः मन्त्री पुन



अ+ अ-

काठमाडाैँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री पुनले विगतमा सरकारले बजेट विनियोजन नगरेका कारण उक्त प्रयोगशालाको व्यवस्थापनको कामले गति लिन नसकेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले उक्त प्रयोगशाला निर्माणका लागि गृह र परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने स्पष्ट पार्नुभयो । मन्त्री पुनले बजेटको अभावमा यस्ता प्रयोगशालाहरुको स्थापनाको कामलाई रोकेर राख्न हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो प्रयोगशालाका लागि जुन पैसो लाग्ने भन्नेकुरा छ नि । पैसा त अव थप्दै जाने हो । वर्ष, वर्षमा बजेट बढाउँदै जाने हो । अहिलेसम्म डराएको मैले के देखेँ भने बजेट छुट्टयाउँदैन सरकारले । अब यो के गर्ने भनेर त्यत्तिकै खुम्चिएर बसेको जस्तो लागेको छ मलाई । जस्तो अघि कुरा आयो ताईवानको नागरिकको कुरा । त्यसलाई डिपोर्ट गर्नुप¥यो । यो गर्ने त गृह मन्त्रालयले हो । त्यसैले यो अदालत वा न्याय पालिकालाई मात्रै चाहिने कुरा भएन । गृहलाई चाहियो, परराष्ट्रलाई पनि चाहियो । यस्ता विषयमा अरु मन्त्रालयहरुसँग पनि कुरा गर्नुपर्ने हुन्छ ।’

मन्त्री पुनले सरकारले आम जनताको आवश्यक्ता अनुसारको व्यवस्थापनमा ध्यान दिने पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल